त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय १० घण्टा घटाइएपछि विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसंगै भाडा पनि दोब्बरभन्दा बढी भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक हाल हवाई भाडाको अस्वाभाविक वृद्धिले समस्यामा परेका छन्। दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मार नेपाली श्रमिकमा परेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान कटौती गरिने भएपछि बिशेषगरि अन्तराष्ट्रिय उडान भर्ने कम्पनीहरुले अन्तराष्ट्रिय हवाई भाडा बढाएका हुन्। यसअघि नेपालबाट दुबई जानलाई औषतमा ३२ हजार रुपैयाँ हवाई भाडा रहेकोमा अहिले बढाएर ८२ हजार बनाइएको छ। यद्दपि आन्तरिक उडान भर्ने हवाई कम्पनीहरुले भने भाडादर विगतकै कायम गरेका छन् र नबढाउने प्रतिबद्दता जनाएका छन्।


















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया