लगानीकर्ताको मनोबल घट्न नदिन चिनले विदेशी लगानीको लाइभ डाटा नदेखाउने 

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३० गते
लगानीकर्ताको मनोबल घट्न नदिन चिनले विदेशी लगानीको लाइभ डाटा नदेखाउने 

बजारको विश्वास बढाउन र छोटो अवधिको अस्थिरता कम गर्न, चीनले सोमबार देखि स्टकका लागि विदेशी लगानीको प्रत्यक्ष फिड बन्द गर्ने योजना अगाडि सारेको छ।

चीनका साङ्घाई र शेन्जेन एक्सचेन्जहरूले हङकङ सँगको व्यापारिक लिङ्क मार्फत स्थानीय स्टकहरूको खरिद वा बिक्रीको लाईभ तथ्याङ्क देखाउन बन्द गर्ने योजना अगाडी सरेका हुन्। यसको सट्टा, दुई सेयर बजारले दैनिक आधारमा कारोबार विवरणहरू प्रदान गर्नेछन, साथै उत्तरतर्फको च्यानल मार्फत सबैभन्दा धेरै कारोबार हुने १० स्टकहरू जानकारी दिने ब्लूमबर्गले उल्लेख गरेको छ।चिनियाँ अधिकारीहरूले ब्लूमबर्ग संग यो कदम अन्तर्राष्ट्रिय अभ्यासहरू सँग मेल खाने र यसले बजारको भावनामा विदेशी कोषको बिक्री देखाउने डाटाको प्रभावलाई सीमित गर्ने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो दुई वर्ष देखि ओरालो यात्रामा लागेको चिनियाँ सेयरबजार अहिले सम्हालिन खोजिरहेको छ। गत वर्ष उल्लेखनीय उतारचढाव देखेको सेयर बजारलाई स्थिर बनाउन चिनले यस्तो कदम अगाडी सारेको हो |

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स