लक्ष्मी सनराइज बैंकको ७५ लाख ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २८ गते
लक्ष्मी सनराइज बैंकको ७५ लाख ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
AdvertisementAds

लक्ष्मी सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने गरि विक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्ने छ | तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ।

#Bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स