रास्वपा सांसद श्रेष्ठले भनिन्, “ओली शासनमा विद्यार्थीले दिक्षित हुन पनि पाएनन्”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २४ गते
रास्वपा सांसद श्रेष्ठले भनिन्, “ओली शासनमा विद्यार्थीले दिक्षित हुन पनि पाएनन्”

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन्  ।

सो प्रतिष्ठानको दिक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरु दिक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हेसियतले कार्य व्यवस्तताको कारण देखाउँदै सो दिक्षान्त समारोह स्थगित गरेको भन्दै उनले आपत्ति जनाएकी हुन् । सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गरिन् । उनले विद्यार्थीहरुको दिक्षित हुने अधिकार ओली सरकारले कटौति गर्न नमिल्ने तर्क समेत गरिन् । सांसद श्रेष्ठले सो प्रतिष्ठानको दिक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट सुरु हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गरिन् ।

उनले भनिन् , ‘विद्यार्थीहरुको दिक्षान्त समारोह पनि रोकि दिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिक्षान्त समारोह राकियो । आईतवार हुनुपर्ने दिक्षान्त समारोह सबै जना विद्यार्थीहरु अब त दिक्षित भइन्छ भनेर गए । प्रमज्यूले, कुलपतिज्युले राति म आउन सक्दिन कार्य व्यस्तता भनिदिनु भयो । कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठन थाल्यो । विद्यार्थीहरुको दिक्षित हुने राईट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु–विद्यार्थीहरुको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस । बरु राणा शासनमा एउटा विद्यार्थीलाई पढनका लागि व्यवस्था थियो भन्छन् । यो ओली शासनमा चाहीँ इतिहासले कसरी लेख्छ । यो चाहीँ हेर्नुपर्नेछ । ओली शासनमा यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ ? सभामुख महोदय ।’

सांसद श्रेष्ठले ओली कालमा विद्यार्थीहरुले परीक्षा समेत दिन नपाउने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स