रास्वपालाई टार्गेट गर्दै देउवाले भने, “हाम्रा साथीहरूलाई मुद्दा चलाउँदा हामीले कहिल्यै होहल्ला गरेनौँ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २५ गते
रास्वपालाई टार्गेट गर्दै देउवाले भने, “हाम्रा साथीहरूलाई मुद्दा चलाउँदा हामीले कहिल्यै होहल्ला गरेनौँ”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा गरिएको आन्दोलनलाई अर्थहीन भनेका छन्। आइतबार गृह जिल्ला डडेल्धुरा जानु अघि धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले सरकारले लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा अनुसन्धान गरिरहेको बताए।

देउवाले उल्लेख गरे कि, “विगतमा कांग्रेसका नेताहरूलाई मुद्दा चलाउँदा हामीले कहिल्यै होहल्ला गरेनौं। यदि लामिछानेको विषयमा अनुसन्धान चल्दै छ भने त्यसमा सरकारको पूर्वाग्रह छैन।” उनले रास्वपालाई अनुसन्धानमा सहयोग गर्ने आग्रह गर्दै भने, “सहकारी ठगीमा दोषी ठहर भए मात्र कारबाही हुने छ।”

यसै क्रममा, देउवाले सरकारको पतनको हल्लालाई नकार्दै भने, “यसलाई विश्वास नगर्नुहोस्, यस्तो प्रचार गलत छ।”

पूर्वप्रधानमन्त्री देउवा हाल सुदूरपश्चिम भ्रमणमा रहेका छन् र आइतबार धनगढीमा रहेका उनले सोमबार डडेल्धुरा जाने कार्यक्रम तय गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स