राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु हुने छ ।
कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ साथै, माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् ।
मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो ।
#bajarkochirfar #bazarkochirfar
















प्रतिकृया