राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेट सम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक आज १५ मिनेट स्थगन भयो ।
बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थिति बिना आफू नबोल्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरे ।
सभामुखसँग समय लिएर राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बजेट सम्बन्धी छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै आगामी बैठकमा उनको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिए। सभामुखले अर्थमन्त्री बजेटबारे जवाफ दिन राष्ट्रियसभा गएको जानकारी दिए पनि राप्रपाका सांसदले आसनबाट उठेर विरोध जनाए ।
#bajarkochirfar













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया