राजेन्द्र लिङ्देन भन्छन्, “विपदको क्षति न्युन गर्न सरकार चुक्यो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १५ गते
राजेन्द्र लिङ्देन भन्छन्, “विपदको क्षति न्युन गर्न सरकार चुक्यो”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविदको रेड अलर्ट बाट विपदलाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने अवश्य सकिने थियो भन्दै यसमा सरकार फेल भएको बताएका छन् ।

उनले भनेका छन्- 

मौसमविदको रेडअलर्ड’ बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो । यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन आपत्तिजनक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स