पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले आज पुनः अदालतमा पेश गर्दैछ। जिल्ला अदालतले अनुसन्धानका लागि दिएको १० दिने म्याद समाप्त भएपछि लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने भएको हो।
कात्तिक १५ गतेदेखि गणना हुने गरी कात्तिक २० मा अदालतले थप १० दिनको म्याद दिएको थियो, जसको समयावधि आज समाप्त भएको छ।
लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो। उक्त दिन उनलाई पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गते अदालतमा उपस्थित गराइएको थियो।
रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।
















प्रतिकृया