यी हुन् अटो शोमा लन्च भएका ८ इभि 

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
यी हुन् अटो शोमा लन्च भएका ८ इभि 

मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ ले सवारीसाधन पारखीहरूको ध्यान खिच्न सफल भएको छ। अटो शो हेर्न २०० रुपैयाँको टिकट लाग्ने भएपनि मंगलबार टिकट कटेरै अटो शो हेर्न दर्शकको संख्या उल्लेख्य थियो। यस वर्षको शोमा विद्युतीय सवारीसाधनहरूको प्रभुत्व रहेको छ | शोमा २० बढी सवारीसाधनहरू सार्वजनिक गरिएको छ, जसमा इभिले वर्चस्व जमाएको छ। लक्जरी इलेक्ट्रिक एसयूभीहरूदेखि सस्तो विद्युतीय कारहरू सम्मको प्रदर्शनीले दर्शकहरूको ध्यान आकर्षित गरेको छ।

यी हुन् अटो शोमा लन्च भएका ८ इभि 

 

शोमा चांगन नेपालले नयाँ डिपाल एल0७ प्रिमियम इलेक्ट्रिक सेडान लन्च गरेको छ। यस गाडीको मूल्य ६९.९९ लाख रुपैयाँ रहेको छ। यसमा ६६.८ किलोवाट आवर ब्याट्री छ, जसले एक पटकको चार्जमा ५४० किलोमिटरको रेन्ज प्रदान गर्छ। 

 

यस्तै शोमा अभतार ११ प्रिमियम इलेक्ट्रिक एसयूभी लन्च भएको छ, जसको सुरुवाती मूल्य १.३५ करोड रुपैयाँ राखिएको छ। यस एसयूभीमा ९० किलोवाट आवर र ११६ किलोवाट आवर ब्याट्रीको विकल्पहरू उपलब्ध छन्, जसले ५७५ देखि ६८० किमीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

 

यस्तै, एक्सपेंग जी ६ इलेक्ट्रिक कुप एसयूभी ८४.९९ लाख रुपैयाँमा सार्वजनिक भएको छ, जसमा ६६ किलोवाट आवर ब्याट्री जडान गरिएको छ र यसले ४३५ किलोमिटरको दूरी तय गर्न सक्छ।

 

टाटा पंच ईभी पनि तीन भेरियन्टमा उपलब्ध छ, जसको सुरुवाती मूल्य ३३.९९ लाख रुपैयाँ राखिएको छ। यसमा ४२१ किलोमिटरको रेन्ज प्रदान गर्ने क्षमता रहेको छ।

 

विद्युतीय पिकअप सेग्मेन्टमा, ६५ लाखको रिडारा आरडी ६ इलेक्ट्रिक पिकअप चर्चामा रहेको छ। यसमा ६३ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ, जसले ३७७ किमीसम्मको रेन्ज प्रदान गर्दछ।

 

शोमा चिनियाँ अटोमोबाइल कम्पनी चेरीले आफ्नो लक्जरी ब्राण्ड जेईकूको जे६ एसयूभी लन्च गरेको छ, जसको मूल्य ६९.९९ लाख रुपैयाँ राखिएको छ। पहिलो १०० ग्राहकले यसलाई ६६.९९ लाख रुपैयाँमा किन्न सक्नेछन्। यसमा ६५ किलोवाट आवर ब्याट्री रहेको छ, जसले ४२६ किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ।

 

जीकर एक्स इलेक्ट्रिक कम्प्याक्ट एसयूभी ८४.९९ लाख रुपैयाँमा सिंगल मोटर र १.५४ करोड रुपैयाँमा डुअल मोटर भेरियन्टमा उपलब्ध छ। यस एसयूभीमा ६९ किलोवाट आवर ब्याट्री जडान गरिएको छ र यसले ५६५ किमी रेन्ज प्रदान गर्न सक्छ। डुअल मोटर भेरियन्टले ०-१०० किमी/घण्टा गति केवल ३.८ सेकेन्डमा हासिल गर्न सक्छ।

 

सहरी क्षेत्रमा चलाउनको लागि बिएडब्ल्यू ब्रुम्बी ईभी २१.९० लाख रुपैयाँमा उपलब्ध छ। यसमा १७.२८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १७० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ। यस्तै स्काइवेलले बिइ ११  इलेक्ट्रिक एसयूभी दुईवटा मोडलहरूमा लन्च गरेको छ, जसको मूल्य क्रमशः ७०.९० लाख र ८९.९० लाख रुपैयाँ राखिएको छ। यसमा क्रमशः ८० किलोवाट आवर र १०५ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले ४१० किमी र ५२० किमीसम्मको रेन्ज प्रदान गर्न सक्छ।

 

अर्को प्रिमियम विकल्प लिपमोटर सी१० एसयूभी ६७.९९ लाख रुपैयाँमा उपलब्ध छ। यसमा ६९.९ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले ४२० किमीसम्मको रेन् प्रदान गर्दछ।

 

यसपटकको अटो शोमा स्पोर्टी लुक्स भएको एमजी साइबरस्टर इलेक्ट्रिक स्पोर्ट्सकार पनि प्रमुख आकर्षण रह्यो, जसको मूल्य १ करोड ६८ लाख रुपैयाँ राखिएको छ। 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स