मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
सहमतिअनुसार, कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्नेछ। काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउने छ।
सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।
कीर्तिपुरमा मेयरसँगै वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन हुँदैछ। माओवादीले दुबै वडामा उम्मेदवारी घोषणा गरिसकेको छ, जसअनुसार वडा नम्बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा इन्जिनियर नारायण विष्ट उम्मेदवार हुनेछन्। एकीकृत समाजवादीले वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार घोषणा गरेको छ।
















प्रतिकृया