माओवादी केन्द्रसहितका दलले युद्ध रोक्न माग गर्दै इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
माओवादी केन्द्रसहितका दलले युद्ध रोक्न माग गर्दै इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउँदै

काठमाडौंमा आज प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शनको आयोजना गरिएको छ।

‘प्यालेस्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’ नामक समूहले दिउँसो एक बजे शान्तिबाटिकामा भेला भएर लाजिम्पाटस्थित इजरायली दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ। इजरायलले मानवीय नैतिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै गाजा क्षेत्रमा आक्रमण गरिरहेको भन्दै त्यसको विरोध गर्न प्रदर्शन र ज्ञापनपत्र बुझाउने योजना बनाइएको हो।

गत वर्ष अक्टोबर ७ मा प्यालेस्टाइनबाट इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो, जसमा हालसम्म धेरै निर्दोष नागरिकको मृत्यु भएको छ। कार्यक्रममा माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, जसपा नेपालजस्ता दलका प्रतिनिधि तथा विभिन्न मानव अधिकारवादी, नागरिक संगठनका प्रतिनिधिहरूको पनि सहभागिता रहने जनाइएको छ।

यस प्रदर्शनमा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, पिपुल्स हेल्थ मुभमेन्ट नेपाललगायतका संगठन तथा चिकित्सक, मानव अधिकारवादी लगायतका विभिन्न संघसंस्थाको पनि समर्थन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स