नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाएका छन् ।
सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उनले सो आरोप लगाएका हुन्। आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गरे । प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिएका थिए। सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न समेत गरे । उनले माओवादी विदोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिए । सांसद विश्वकर्माले माओवादी जनयुद्धलाई संविधानमा हिंसा नभएको पनि पटक पटक दोहोर्याएका थिए ।
उनले भने , ‘आज हाम्रो सम्मानित प्रतिनिधि सभाको सभामुखज्यूले हिंसा शब्द प्रयोग गर्नुभएको छ । यो अत्यन्तै आपत्तिजनक कुरा हो । हिंसा शब्द प्रयोग किन गरिएको छ ? यो उहाँ एउटा एमालेको कार्यकर्ता हो कि देशको सम्मानित प्रतिनिधिसभाको समामुख हो ? हाम्रो प्रधानमन्त्रीज्युले एक पटक भन्नुहुन्थ्यो–बयलगाडा । बयलगाडा प्रवृत्तिबाट उब्जिएको यो भाष्यलाई जुन स्थापित गर्न खोजिदैछ । यो भोलि त्यही प्रतिनिधिसभाको जस्तै अवरोध सृजना राष्ट्रिय सभामा त गर्नुपर्ने होइन ? यो प्रश्नहरु तातातो रुपमा आएका छन् । हिँसा के लाई भन्ने ? माओवादी जनयुद्ध हिंसा थियो ? यदि हिंसा हो भने सरकारले वार्ता गर्छ ? हिंसासँग सरकारले वार्ता गर्ने, यूएनले वार्ता गर्ने, हिंसासँग पार्टीले वार्ता गर्ने हुन्छ ? हिँसो भनेको यस्ता चिज हो, जहाँ व्यक्तिको झडप हुन्छ । लडाई हुन्छ । त्यो निश्चित व्यक्तिको स्वार्थको निम्ति मात्रै । त्यो हो हिंसा । माओवादी हिंसा थिएन । माओवादी जनयुद्ध थियो, जसले सत्ता परिवर्तनका लागि, व्यवस्था परिवर्तनका लागि लडाई शुरु ग¥यो । त्यो केवल माओवादीले मात्रै लडेको थिए ।’
सांसद विश्वकर्माले माओवादी विद्रोह जनयुद्ध भएको र त्यसको अपव्याख्या गर्नेकुरा आफूहरुलाई सैह्य नहुने बताएका छन् । —न्युज एजेन्सी नेपाल

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया