काठमाडौं महानगरपालिकाले तोकेको एक लाख रुपैयाँ जरिवाना अस्वीकार गर्दै नेकपा एमालेले जरिवानापत्र बुझ्न मानेको छैन। आइतबार पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई एमालेले आफूहरू जागरण सभाका आयोजक नभएको भन्दै पत्र अस्वीकार गर्यो।
गत शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभामा सडक र पेटीमा फोहोर गरेको आरोपमा महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ अनुसार जरिवाना तोकेको थियो।
जरिवानापत्र बुझ्न अस्वीकार भएपछि महानगरको टोली एमालेको पार्टी कार्यालय परिसरमै बसेको छ।
















प्रतिकृया