मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका सांसद बजगाईँले माफी माग्दै अभिव्यक्ति फिर्ता लिए

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका सांसद बजगाईँले माफी माग्दै अभिव्यक्ति फिर्ता लिए

सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका छन्। उनले आफ्नो अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुर्‍याएको स्वीकार्दै सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।

बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, “सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो। मैले लगाएको आरोपले मन्त्रीज्यूलाई गहिरो चोट पुर्‍याएको महसुस गरेँ। त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु। मेरा टिप्पणीबाट परिवारजनलाई परेको चोटप्रति पनि क्षमाप्रार्थी छु।”

यसअघि, सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनोलाई इजाजत दिन घुस लिएको आरोप लगाएका थिए। उक्त आरोपका कारण मन्त्री पाण्डेले पार्टीमा बजगाईँविरुद्ध उजुरी दिएका थिए। उजुरीपछि मंगलबार कांग्रेसको अनुशासन समितिले बजगाईँलाई छलफलका लागि बोलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स