मन्त्री गुरूङले भने, “गलत हर्कत गरे सत्तारुढ दलकै भए पनि सरकारले छाड्दैन”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
मन्त्री गुरूङले भने, “गलत हर्कत गरे सत्तारुढ दलकै भए पनि सरकारले छाड्दैन”

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगति हटाउन सरकारले काम गरिरहेको बताएका छन्।

मन्‍त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरण रोक्ने प्रक्रिया पनि सुरू भएको बताए।

‘समाजमा देखापरेका सबै खालका विकृति, विसंगति हटाउन सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘खासगरी राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने कुरा, राजनीतिमा अपराधीकरणको प्रक्रिया जुन भइरहेका छन्, तीब्र आलोचना भइरहेको छ, यसलाई रोक्ने कुरामा वर्तमान सरकार दृढसंकल्पित छ।’

कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमालेका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा उनले गलत गरेको छ भने सत्तारूढ दलकै भए पनि सरकारले नछाड्ने बताए।

‘कोशी प्रदेशको कानून मन्त्रीको कुरा गर्नुभएको होला, त्यो एउटा संकेत हो। यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् कि कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनुपर्छ। चोरलाई चौतारो साधुलाई सुली हुँदैन,’ उनले भने।

(न्युज एजेन्सी नेपाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स