कालीमाटी बजारमा मंगलबार आलु र प्याजको मूल्य केही घटेको छ।
स्वदेशी रातो आलु प्रतिकिलो ८० रुपैयाँबाट ७५ रुपैयाँमा झरेको छ भने भारतीय रातो आलु ७० र सेतो आलु ६२ रुपैयाँमा कारोबार भएको छ। प्याजको मूल्य पनि अघिल्लो दिनको ११५ रुपैयाँबाट घटेर ११० रुपैयाँ भएको छ। गोलभेँडाको मूल्यमा पनि गिरावट आएको छ, जहाँ ठूलो गोलभेँडा १०० रुपैयाँ र सानो गोलभेँडा ७० रुपैयाँमा बिक्री भएको छ।
अन्य तरकारीहरूको भाउ स्थिर रहेको छ। स्थानीय काउली १२०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ७०, तने बोडी १५०, मटरकोशा १३०, घिउ सिमी १२०, तिते करेला १००, लौका ९०, भिण्डी १६०, बरेला ५०, इस्कुस २०, रायो साग ५०, पालुंगो साग १००, र चमसुर साग १२० रुपैयाँमा कारोबार भएको छ। कन्य च्याउ २५० र डल्ले च्याउ ३२५ रुपैयाँमा पुगेको छ भने कुरिलो प्रतिकिलो १२०० रुपैयाँ रहेको छ।
अन्य तरकारी, फलफुल तथा माछाको मुल्य














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया