SHAREHUBSHAREHUB

भारतलाई हराउदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १४ गते
AdvertisementAds
भारतलाई हराउदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
AdvertisementAds

श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ ।

श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो ।

भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्वाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स