भाटभटेनी सुपरमार्केटहरूको छतमा साढे १२ मेगावाट विद्युत उत्पादन गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
भाटभटेनी सुपरमार्केटहरूको छतमा साढे १२ मेगावाट विद्युत उत्पादन गरिने

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. र रिन्यु होल्डिङ्स प्रा. लि. बीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता भएको छ ।

यस सम्झौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक साबित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरण श्रेष्ठले हस्ताक्षर गरे ।

रिन्यु होल्डिङ्सले सौर्य, जलविद्युत लगायतका नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीन प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको पाँच वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लियेको छ, जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।

यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने र कार्बन उत्सर्जनलाई पनि कम गर्ने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स