बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २२ गते
बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।

उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स