प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल बनाउनबाट जोगाउनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेयर शाहलाई लक्षित गर्दै समाजमा आगो लगाउँछु भन्नेहरूबाट बच्न आग्रह गरेका छन्।
उनले भने, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनुहोला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं ।’
उनको यो भनाइ मेयर बालेन शाहले केही समयअघि आफ्नो सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने स्टाटस लेखेका थिए र र इन्द्रजात्रामा शाहका समर्थकहरूले उनको तस्बिर भएको टिसर्ट लगाएर सहभागी भएका घटनाप्रति लक्षित थियो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया