प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा बिहीवार (भोलि) हुनेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गर्नेछ।यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८० साल असार मसान्तको वासलात तथा आव २०७९।८० को नाफा–नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु सभाले अनुमोदन गर्नेछ।
साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।










![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)


![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया