ओलीलाई भेटे पछी प्रधानमन्त्री प्रचण्ड पुगे शीतल निवासमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
ओलीलाई भेटे पछी प्रधानमन्त्री प्रचण्ड पुगे शीतल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास पुगेका हुन् ।

आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीकको पदाधिकारी बैठक गरेका थिए ।

माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस-एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स