नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा सँगै देखिएका छन् ।

कांग्रेसले आज पूर्वप्रधानमन्त्री एवं तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजना गरेको ‘क्रान्ति देखि शान्ति सम्म’ नामक फोटो प्रदर्शनीमा दुई नेता संगै उपस्थित भएका हुन् ।

कांग्रेस र एमालेको गठबन्धन पछी आज बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए, प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने विश्वासको मतको सामना गर्ने बताएका थिए ।
#bajarkochirfar #bazarkochirfar

प्रतिकृया