प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको पुष्टि भएको छ। घाँटीमा संक्रमण समेत देखिएको छ र मौसम परिवर्तनका कारण भाइरल ज्वरो लागेको भनिएको छ। प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै छ र केही दिन आराम गर्न सुझाव दिइएको छ।
सोमबार, डेंगुका लक्षणका कारण रगत परीक्षण गरिएको थियो, तर रिपोर्ट नेगेटिभ आएको छ। साथै, अन्य कुनै स्वास्थ्य समस्या छैन भन्ने जानकारी दिइएको छ।
प्रधानमन्त्री ओलीले चार वर्षअघि दोस्रो मिर्गौला प्रत्यारोपण गरेका थिए। कतिपयले मिर्गौलाको कार्यक्षमता सम्बन्धी चिन्ता व्यक्त गरेका छन्, तर मिर्गौलाले राम्रोसँग काम गरिरहेको र स्वास्थ्य स्थिती सामान्य रहेको जनाइएको छ। “ब्लड प्रेसरको औषधि समेत हाल आवश्यक छैन,” भनिएको छ।
हाल प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमा आराम गर्दैछन्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया