प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बरको पहिलो साता चीन भ्रमणको निम्तो प्राप्त भएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङले ओलीलाई आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा चीन भ्रमण गर्नको लागि निम्तो पठाएका हुन्।
स्रोतले जनाएको छ, “उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ।” प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर निम्तो आएको पुष्टि गरेको छ।
गत ३१ असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यद्यपि उनले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न अमेरिका भ्रमण गरेका थिए, यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो। यसरी, प्रधानमन्त्री ओली चीनबाट आफ्नो पहिलो विदेश भ्रमणको शुरुवात गर्न तयारी गरिरहेका छन्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया