नेकपा (एमाले) का १५ नेताहरू आज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा टोली चीन भ्रमणमा जान लागेको एमाले स्रोतले जनाएको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणअघि, एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन पठाउन लागिएको हो। भ्रमण टोलीमा पोखरेलसँगै सचिव लेखराज भट्ट, कानुन व्यवसायी सानुराज पोखरेल, कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू सरिता भुसाल, शान्ति ढकाल, र कोशी प्रदेश सचिव राजकुमार भण्डारी रहेका छन्।
अन्य सहभागीहरूमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, र नीति प्रतिष्ठान सदस्य आशिष रेग्मी छन्।
चिनियाँ पक्षले ओलीको भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ।
















प्रतिकृया