प्रतिनिधिसभाः विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १६ गते
प्रतिनिधिसभाः विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्याङ्जा र गुल्मीमा बाढीपहिरोको कारण पछिल्लो चार दिनमा ३० जनाको ज्यान गएको समेत उल्लेख गरे । “बाढी पूर्वानुमान महाशाखाले बाढीको जानकारी मात्रै दिएर पुग्दैन, पीडित घाइतेहरुलाई राहत र उपचारको व्यवस्था पनि गर्नुपर्छ”, उनले भने ।

सांसद चन्द्रकान्त भण्डारीले गुल्मीको मालिका गाउँपालिका–६ मा एउटै परिवारका पाँचजनाको परिवारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको जोखिममा परेकाको उद्धार छिटो र छरितो हुनुपर्नेमा जोड दिएका छन्  ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स