नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहन्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेको बेला प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघिनै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।तिनै दलले ओलीलाई संबिधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरिनु गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने बताएका छन् । त्यस्तै, प्रचण्ड र नेपाल अहिले ओलीलाई दुई तिहाई सांसद्को समर्थन पुरा गर्न नदिने रणनीतिमा रहेका छन् ।
प्रचण्ड र नेपालले प्रयास गरेपनि ओलीले आज संसदमा दुई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाउने निश्चित जस्तै देखिएको छ । कांग्रेस र एमालेसहित ओलीसरकारलाई जसपा, नाउपा, जसपा नेपाल, लोसपा र दुई स्वतन्त्र सांसदहरुले विश्वासको मत दिने तयारी गरेका छन् ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया