प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
बुधबार अपराह्न शीतल निवासमा भएको भेटमा माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, साथै आम जनता पार्टीका नेता तिलक थापा मगर पनि उपस्थित थिए।
प्रतिपक्षी दलका नेताहरूले सरकारका कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपति पौडेललाई हालका कमीकमजोरीहरूको जानकारी गराएका छन्।
यसअघि पनि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए।
















प्रतिकृया