नयाँ बन्ने एमाले कांग्रेस सरकारमा अर्थमन्त्रालय एमालेको भागमा परेको छ। अर्थमन्त्रालय एमालेको भागमा परेसँगै अर्थमन्त्रीमा धेरैको आँखा विष्णु पौडेल तर्फ मोडिएका छन्। तर यसपटक अर्थमन्त्री विष्णु पौडेल नभई अन्य कोही बन्न सक्ने स्रोतको दाबी छ।
एमाले अध्यक्ष ओली विष्णु पौडेलको अघिल्लो कार्यकाल प्रति असन्तुष्ट थिए। यस पटक ओलीले अर्थमन्त्रीमा आफ्ना विश्वास पात्र महेश बर्तौला ल्याउने तयारी गरिरहेका छन्।
अहिलेको सत्ता समीकरण समायोजनमा शंकर पोखरेलको सक्रियता, विष्णु पौडेलको पूर्व राष्ट्रपति विद्या देवी भण्डारी प्रतिको निकटता, अघिल्लो अर्थमन्त्रीको कार्यकालम पौडेल प्रति ओलीको असन्तुष्टता र विष्णु पौडेलप्रति ओलीको अविश्वासका कारण यसपटक विष्णु पौडेलका लागि अर्थमन्त्रालयको ढोका बन्द देखिन्छ।
त्यसैले एमाले अध्यक्ष ओलीले यस पटक अर्थमन्त्रालयको चाबी युवा सांसद तथा एमालेको संसदीय दलको प्रमूख सचेतक महेश बर्तौलालाई सुम्पने तयारीमा छन। महेश बर्तौला गएको निर्वाचनमा मकवानपुर २ मा आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई फराकिलो मतान्तरले परास्त गर्दै संसद् प्रवेश गरेका थिए। उनी अहिले एमालेको संसदीय दलको प्रमूख सचेतकको जिम्मेवारीमा छन।
संसद पसेको छोटो समयमा बर्तौलाले अब्बल राजनीतिज्ञका रूपमा आफ्नो छाप छाडिसकेका छन्।











![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया