बैंकमा पैसा राख्ने सोच्दै हुनुहुन्छ, यी हुन् असोजमा धेरै ब्याज दिने बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
बैंकमा पैसा राख्ने सोच्दै हुनुहुन्छ, यी हुन् असोजमा धेरै ब्याज दिने बैंक

असोज महिनाको लागि वाणिज्य बैंकहरूले नयाँ मुद्दती निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने २ बैंकहरूले ब्याजदर बढाएका छन्।

भाद्र महिनाको तुलनामा असोजमा, एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्शियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। जबकि, नेपाल बैंककृषि विकास बैंकले ब्याजदर बढाएका छन्।

त्यस्तै, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक लगायतका ९ बैंकहरूले भने ब्याजदर स्थिर राखेका छन्।

बैंकहरूले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार, मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकको रहेको छ। बैंकले निक्षेपमा अधिकतम  ७.१८ प्रतिशत ब्याजदर तोकेको छ।

असोज महिनामा विभिन्न बैंकहरूले मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर :

बैंकब्याजदर (%)
एनआईसी एशिया बैंक७.१८
हिमालयन बैंक७.००
माछापुच्छ्रे बैंक७.००
स्ट्यान्डर्ड चार्टर्ड बैंक७.००
नबिल बैंक६.७५
एनएमबी बैंक६.५०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक६.५०
सिद्धार्थ बैंक६.५०
सिटिजन्स बैंक इन्टरनेशनल६.५०
लक्ष्मी सनराइज बैंक६.५०
ग्लोबल आईएमई बैंक६.२५
प्राइम कमर्शियल बैंक६.२५
प्रभु बैंक६.१०
कृषि विकास बैंक६.०७
एभरेस्ट बैंक६.००
राष्ट्रिय वाणिज्य बैंक६.००
नेपाल एसबीआई बैंक६.००
कुमारी बैंक६.०१
नेपाल बैंक५.९५
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स