न्युजिल्याण्डमा खाद्यान्नको मूल्य अगस्ट २०२४ सम्मको १२ महिनामा ०.४ प्रतिशतले वृद्धि भएको छ । जुन १२ महिनामा जुलाई २०२४ मा ०.६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क विभाग स्ट्याटस एनजेडले जनाएको थियो । खाद्यान्नको मूल्यमा वार्षिक वृद्धि रेस्टुरेण्टको खाना र तयार खाना र किराना खानाको उच्च मूल्य थियो । जुन क्रमशः ३.६ प्रतिशत र २.४ प्रतिशतले बढेको थियो । यसले लंच र ब्रंच, ह्याम्बर्गर र टेकवे कफीको उच्च मूल्यका कारण रेस्टुरेन्टका खाना र खानका लागि तयार खानाको मूल्य वृद्धि भएको उल्लेख गरेको छ ।
जैतुनको तेल, चकलेट ब्लक र बटरको मूल्य बढी भएकाले किराना खाद्यान्नको मूल्य बढेको थियो । २५० ग्राम चकलेट ब्लकको औसत मूल्य एक वर्षअघिको तुलनामा २० प्रतिशतले बढेको पाईएको छ । खाद्यान्नको मूल्यमा समग्र वृद्धि भएपनि फलफूल र तरकारी समूहमा घटेको मूल्यले खाद्यान्नको मूल्यमा सबैभन्दा ठूलो योगदान पुर्याएको थियो । जुन १२ महिनामा अगस्ट २०२४ सम्ममा १२.२ प्रतिशतले घटेको पाईएको छ।
-न्युज एजेन्सी नेपाल














![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया