धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० दशमलव २१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव ७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ ।
कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता सेयर रु ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ । नेप्सेका अनुसार, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स नौ दशमलव ७१, सानिमा जिआइसी इन्सुरेन्स चार दशमलव १३, दिव्यश्वरी हाइड्रोपावर तीन दशमलव ९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव ५० प्रतिशतले गुमाएका छन् ।










![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)
![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया