नेपाल सरकारलाई शीतलहरका लागि तयारी गर्न एमालेले दियो ध्यानाकर्षण पत्र

नेपाल सरकारलाई शीतलहरका लागि तयारी गर्न एमालेले दियो ध्यानाकर्षण पत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले जाडो मौसममा शीतलहरबाट विपन्न जनताहरूलाई हुने सम्भावित असरको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ध्यानाकर्षण पत्रमा सरकारका सबै अंगहरूलाई सजग राख्न आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “तराई मधेशका वस्तीहरू, विपन्न जनताको बस्तीहरू र भूकम्प तथा बाढी पहिरोका पीडित जनसमुदायलाई शीतलहरबाट सुरक्षित राख्न नेपाल सरकारले समयमै पूर्वतयारी गर्न आवश्यक छ। गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारसँग सम्बन्धित संघ-संस्थाहरूलाई बेलैमा सजग राख्ने र आवश्यक सामग्रीहरूको व्यवस्था मिलाउने कार्य अहिलेबाट नै सुरु गर्नु पर्छ।”

पत्रमा, चिसो मौसमले खासगरी मधेश र विपन्न परिवारलाई ठूलो पीडा दिएको उल्लेख गर्दै, अघिल्लो वर्षका घटनाहरूको स्मरण गराइएको छ जसमा न्यानो कपडा र दाउराको अभावले कतिपय मानिसहरूले ज्यान गुमाएका थिए।

यसका साथै, जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको अवस्था पनि सम्झाइएको छ। “यतिबेला जाजरकोट र रुकुमका हजारौं परिवार भूकम्पका कारण घरविहीन भएका छन्। पुनर्निर्माण कार्यलाई यथाशीघ्र प्रभावकारी बनाउन आवश्यक छ, किनकि व्यवस्थित आवासको अभावमा चिसो मौसमका असरहरू झन् कष्टकर हुन सक्छ,” ध्यानाकर्षण पत्रमा भनिएको छ।

uml letter 25112024105813 1000x0 1 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2%e0%a4%b9%e0%a4%b0%e0%a4%95%e0%a4%be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स