नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको छ । डेडिकेटेड र ट्रंकलाइन महशुलको विषयलाई लिएर प्राधिकरणले मंगलबार राति ९ बजे तीन उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेको प्राधिकरणको भनाइ छ ।
यसअघि पनि प्राधिकरणले यहीं विषयलाई लिएर २०८० पुष २ गतेका दिन विभिन्न उद्योगको बिजुलीको लाइन काटेको थियो । बारम्बार दिइएको म्यादमा पनि महशुल नबुझाए पछी प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।







![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-768x432.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-768x432.jpg)





![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया