नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड, र भारतको एनभिभिएनबीच सम्झौता सम्पन्न भएको छ। यस अनुसार, नेपालले भारतीय प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशलाई बिजुली निर्यात गर्नेछ।
प्राधिकरणले त्रिशूली (२५ मेगावाट) र चिलिमे (२२ मेगावाट) जलविद्युत् आयोजना मार्फत ५ महिनासम्म (जुन १५ देखि नोभेम्बर १५) बङ्गलादेशलाई बिजुली निर्यात गर्ने योजना बनाएको छ। सम्झौताअनुसार, प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका (९.३० रुपैयाँ) हुनेछ।
सङ्केतिक रूपमा भए पनि नेपालको बिजुली बङ्गलादेशमा पुगी ऊर्जा क्षेत्रमा ठुलो सफलता प्राप्त भएको छ। यस अघि, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट ९,००० मेगावाट बिजुली लैजाने योजना घोषणा गरिसकेको छ।















प्रतिकृया