नेपाली सेनाद्वारा संचालित काठमाडौंको भद्रकालीमा रहेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेलको अभाव देखिएको छ । भद्रकाली पम्पले पेट्रोल/डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु सर्वसाधारण मर्कामा परेका छन् ।
नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन ।
अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो । सिमित पेट्रोल पम्पहरु खुल्दा भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प अगाडी दुई पांग्रे र चार पांग्रे सवारी साधनहरुको लामो लाइन लागेको थियो।
#bajarkochirfar #bajarkochirfar






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया