काठमाडौँ – उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल ग्रुपले “एडुभर्स २०२४” शैक्षिक मेलाको आयोजना गर्ने घोषणा गरेको छ। नोभेम्बर ११ देखि २१ सम्म ९ वटा प्रमुख शहरहरूमा हुने यो शैक्षिक मेलाले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श तथा विविध शैक्षिक अवसरहरूको जानकारी प्रदान गर्नेछ।
शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया, र युरोपका शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श गर्न, स्पट एडमिसनको अवसर लिन, तथा विभिन्न छात्रवृत्तिहरूका लागि आवेदन गर्न सक्ने आयोजक संस्थाले जनाएको छ।
मेला कार्यक्रम र मिति विवरण:
इटहरी – नोभेम्बर ११
काठमाडौँ – नोभेम्बर १३
चितवन पर्सा – नोभेम्बर १४
नारायणघाट – नोभेम्बर १५
कावासोती नवलपुर – नोभेम्बर १६
बुटवल – नोभेम्बर १७
दाङ – नोभेम्बर १८
बागलुङ – नोभेम्बर २०
पोखरा – नोभेम्बर २१
विशेष अतिथिको रूपमा नेपालका स्टार क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीको उपस्थिति रहने छ, जसले विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गर्ने संस्थाले अपेक्षा गरेको छ।
ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्रयू पौडेले भने, “एडुभर्स २०२४ मा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता अपेक्षा गरेका छौ। विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ‘एडुभर्स २०२४’ विभिन्न मुलुकहरूमा अध्ययन गर्ने अवसर तथा भविष्य निर्माणका लागि सही निर्णय लिन सहयोग गर्ने विश्वास लिएका छौ ।”











![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया