नेपाली फिल्म ‘सानो संसार’ विभिन्न मुलुकमा प्रदर्शनका लागि तयार भएको छ। निर्माता अर्जुन कुमारले फिल्मको वितरण अधिकार अमेरिका, हङकङ र जापानमा विक्री भएको जानकारी दिएका छन्। दशैं र तिहारमा प्रदर्शनमा आएका नेपाली र बलिउड सिनेमाका कारण न्युन शो पाएपनि सानो संसारले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्मले राम्रो प्रतिक्रिया पाएसँगै विदेशमा यसको माग बढेको हो।
हङकङमा ‘इन्टीग्रेटेड नेप्लीज सोसाइटी लिमिटेड’ र जापानमा ‘टोकियो ड्रिम्स इन्टरटेनमेन्ट’ले फिल्मको वितरण अधिकार खरिद गरेका छन्। निर्माण टोलीका अनुसार यी मुलुकहरूमा चाँडै फिल्मको प्रदर्शन सुरु हुने छ। नेपालका विभिन्न हलहरूमा पनि यो फिल्म अझै प्रदर्शन भइरहेको छ।
पहिलो पटक असोज ११ गते प्रदर्शनमा आएको फिल्म प्राकृतिक विपत्तीका कारण रोकिएको थियो, तर कार्तिक ९ गतेबाट फिल्म निरन्तर प्रदर्शन भइरहेको छ। दर्शकहरूले फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन्।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको ‘सानो संसार’ फिल्ममा सीतादेवी तिमिल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, र जीवन गौतमको अभिनय छ। सबै कलाकारका लागि यो डेब्यु फिल्म हो। फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण गरिएको हो।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया