विगत ३ वर्षदेखि रोकिएको नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) प्रक्रिया अगाडि बढेको छ। यसका लागि अन्तर्राष्ट्रिय एजेनसी फिच क्रेडिट रेटिङको टोली नेपाल आएको छ।
नेपालको सार्वभौम क्रेडिट रेटिङका प्रक्रियाअन्तर्गत स्थलगत मूल्यांकनका लागि फिचको टोली नेपाल आएको हो । टोलीले आज बुधबारदेखि औपचारिक रुपमा काम सुरु गरेको छ। उक्त टोलीले आजदेखि तीन दिनसम्म सरकारका विभिन्न निकाय र केही निजी कम्पनीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५।७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो । सरकारले सूचना जारी गरी कम्पनीहरुलाई सार्वभौम क्रेडिट रेटिङका लागि आह्वान गरेको थियो । यसका लागि फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन दिएका थिए ।तीमध्ये सरकारले फिच रेटिङ एजेन्सीसँग क्रेडिट रेटिङसम्बन्धी सम्झौता गरेको थियो । त्यसका लागि तत्कालीन बेलायत अन्तरराष्ट्रिय सहयोग नियोग (डीएफआईडी) र हालको यूके एडसँग प्राविधिक सहयोगसम्बन्धी छुट्टै सम्झौता पनि गरिएको थियो ।
सरकारले हालै अन्तर्राष्ट्रिय विज्ञमार्फत सोभरेन क्रेडिट रेटिङसम्बन्धी क्षमता अभिवृद्धि गर्नका लागि सैद्धान्तिक र प्राविधिक तालिम सम्पन्न गरेको छ। उक्त तालिममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभाग, सम्पत्ति शुद्धीकरण विभाग, नेपाल धितोपत्र बोर्ड, र नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरू सहभागी भएका थिए।
सोभरेन क्रेडिट रेटिङले कुनै पनि देशको वित्तीय अवस्था र साख क्षमताको स्पष्ट चित्रण गर्दछ। यसले लगानी जोखिमको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा सही जानकारी दिने काम गर्छ। नेपालले हालसम्म अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग ठूला पूर्वाधार परियोजनाहरूका लागि व्यापारिक ऋण लिन नसकेको मुख्य कारण पनि क्रेडिट रेटिङको अभाव हो।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया