कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखा घर भइ काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्तामा अर्यालले पन्तको हत्यामा प्रत्यक्षदर्शी भएको र अभियुक्तको पहिचानसमेत आफूलाई थाहा भएको बताएका थिए। यसका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई मंगलबार चार घण्टा सोधपुछ गरेको थियो। पछि उनले सिआइबीमा पुनः उपस्थित हुन भनेपछि सम्पर्कविहीन भएका थिए।
उनको मोबाइल घरमै छोडेर हिँडेका कारण उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो ।
अन्तर्वार्ताका प्रस्तोता ऋषि धमलासमेत सिआइबी कार्यालय पुगेका छन्, ताकि थप अनुसन्धान गर्न सकियोस्। निर्मला पन्तको बलात्कारपछि हत्या २०७५ साल साउन १० गते भएको थियो।















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया