नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि आज अन्तरवार्ता सम्पन्न भएको छ । अन्तरवार्तामा दुई जना उम्मेदवार उपस्थित भए, तर एक उम्मेदवार पुनः उपस्थित भएनन्। अर्थ मन्त्रालयमा भएको अन्तरवार्तामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले सहभागिता जनाए। तर, तत्कालीन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं यस पटक पनि अन्तरवार्तामा उपस्थित भएनन्। उनको अनुपस्थितिका कारण उनको अन्तरवार्ता हुन सकेन।



















प्रतिकृया