नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि हालको नियुत्ती प्रक्रिया रद्व गर्ने तयारी भएको छ । बुधवार विहान दोस्रो पटक बोलाइएको अन्तरवार्तामा कुनै पनि उम्मेदवार सहभागी नभएपछि सिफारिस समितिले प्रक्रियानै रद्व गर्ने तयारी गरेको हो ।
बोर्ड अध्यक्षका लागि सन्तोष श्रेष्ठ र मुत्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जिवी चापागाई अन्तिम पाँच जनाको सर्टलिष्टमा परेका थिए । असार २ गते सर्टलिष्टमा परेका पाँच जना उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको थियो तर अन्तरवार्तामा दुई जना सन्तोष श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र सहभागी भएका थिए ।
हालको कानुनी व्यवस्था अनुसार दुई जनालाई मात्र बोर्ड अध्यक्ष नियुत्तीका लागि सिफारिस गर्न नमिल्ने कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएकाले बाँकी उम्मेदवारका लागि बुधवार अन्तवार्ताको मिति तय भएको थियो । दोस्रो पटक बोलाइएको अन्तरवार्तामा पनि कुनै उम्मेदवार सहभागी नभए पश्चात हालको नियुत्ती प्रक्रिया रद्व गर्ने तयारी गरेको हो ।
#BajarkoChirfar #bazarochirfar











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया