दशैंपछि पुन: धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २२ गते
दशैंपछि पुन: धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने
AdvertisementAds

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति दशैंअघि नहुने भएको छ। सिफारिश समितिका संयोजक डा. शिवराज अधिकारी डेंगी संक्रमणका कारण हस्पिटल भर्ना भएपछि असोज १८ का लागि तय भएको अन्तरवार्ता स्थगित भएको हो। अब दशैंपछि पुन: सूचना जारी गरी अन्तरवार्ता गर्ने तयारी भइरहेको छ।

यसअघि व्यावसायिक घरानाको स्वार्थअनुसार नियुक्ति गर्न लागेको आरोपका कारण नियुक्ति प्रक्रिया विवादमा परेको थियो। संक्षिप्त सूचीमा परेका पाँच जनामध्ये सन्तोष श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागी भएका थिए।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दशैंअघि नियुक्ति प्रक्रिया टुङ्ग्याउने योजना बनाएका थिए, तर असोज १८ मा भएको अन्तरवार्ता पुनः स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स