त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ४ गते
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा
AdvertisementAds

चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजना अन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’को आज उद्घाटन गरिएको छ । सो सबस्टेशनको क्षमता दुई सय २०/१३२/३३ केभी रहेको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसनको पनि आजै उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन , युरोपेली सङ्घ (इयु) का राजदूत भेरोनिक लोरेञ्जो , जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक (इआइबी) का निर्देशक थौउराया ट्रिकीले आज संयुक्त रुपमा त्रिशूली ‘थ्री बी हब र भाल्चे सबस्टेसन’ उद्घाटन गरे ।

करिब एक सय चार रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत रु एक अर्ब ९७ करोड रहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत रु ४२ करोड ९३ लाख रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन तथा सबस्टेसनबाट प्रभावित र त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स