त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरणहरूमा खादा र माला जस्ता वस्तुहरूले क्षति पुर्याएको भन्दै विमानस्थल प्राधिकरणले यात्रुहरूलाई यी वस्तुहरू देखिने गरी नल्याउन आग्रह गरेको छ।
विमानस्थलले बिहीबार जारी गरेको सूचनामा खादा र माला जस्ता वस्तुहरू जाँच उपकरणहरूमा अड्किएर एक्सरे, कन्भेयर बेल्ट र स्केलेटरमा समस्या निम्त्याउने उल्लेख गरिएको छ। साथै, यात्रुले खादा र माला विमानस्थलका विभिन्न स्थानमा छोडेर जाने गरेकोले विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर परेको पनि सूचनामा भनिएको छ।
खादा र माला लैजानै परे, झोलाभित्र सुरक्षित र नदेखिने गरी राख्न प्राधिकरणले यात्रुहरूलाई अपिल गरेको छ।


प्रतिकृया