SHAREHUB SHAREHUB

तीजको अवसरमा तडक भडक र खर्चिला कार्यक्रम नगर्न काठमाडौं प्रशासनको अनुरोध

Advertisement Ads
तीजको अवसरमा तडक भडक र खर्चिला कार्यक्रम नगर्न काठमाडौं प्रशासनको अनुरोध
Advertisement Ads

काठमाडौं जिल्ला प्रशासन कार्यालयले हरितालिका तिजको अवसरमा सम्पूर्ण महिलासँग हार्दिक शुभकामना व्यक्त गर्दै अनावश्यक तडक भडक र खर्चिला कार्यक्रमहरू नगर्नको लागि आग्रह गरेको छ। बिहीबार एक सूचना जारी गर्दै तीजका अवसरमा भव्य र महँगो कार्यक्रमहरूको नगर्न आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, “विगतका वर्षहरूको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा तडक भडक र अनावश्यक खर्चका कार्यक्रमहरू बढ्दै गएका छन्। सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ अनुसार धार्मिक, सामाजिक, र साँस्कृतिक पर्वहरूको मनाउने प्रक्रिया व्यवस्थित र नियमन गरिएको छ।”

प्रशासनले सबैलाई तीज मनाउने परम्परालाई मौलिक रूपमा संरक्षण गर्दै खर्चिलो र भड्किलो कार्यक्रमहरूको आयोजनामा नजाने अनुरोध गरेको छ। यसले पर्व मनाउने क्रममा असल संस्कारको विकास गर्दै जानेतर्फ पनि ध्यान दिन आवश्यक भएको बताइएको छ। यदि कुनै व्यक्ति वा समूहले अनावश्यक तडक भडक र खर्चिला कार्यक्रम आयोजना गरे पश्चात प्रशासनले कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।

940x380 तीज सूचना https://bajarkochirfar.com/%e0%a4%a4%e0%a5%80%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%a1%e0%a4%95-%e0%a4%ad%e0%a4%a1%e0%a4%95-%e0%a4%b0-%e0%a4%96%e0%a4%b0%e0%a5%8d | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स