instainsta

तल्लो बलेफी जलविद्युत आयोजनामा पहिलो ब्लास्टिङ सफलतापूर्वक सकियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
तल्लो बलेफी जलविद्युत आयोजनामा पहिलो ब्लास्टिङ सफलतापूर्वक सकियो
AdvertisementAds

रिडी पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित साझा पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा सुरुङ खन्ने काम तीव्र गतिमा अगाडि बढिरहेको छ। हालै, मुख्य सुरुङको आउटलेट र सुरुङभित्र पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको छ। यो आयोजना सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित छ, जुन काठमाडौंबाट ७२ किलोमिटरको दूरीमा छ। आयोजनाको बाँधस्थल बलेफीको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ। आयोजनामा ५.५ किलोमिटर लम्बाइ र ४.६ मिटर व्यास भएको सुरुङ निर्माण हुँदैछ।

आयोजनाका विभिन्न निर्माण कार्यको जिम्मेवारी विभिन्न कम्पनीहरूले लिएका छन्। सुरुङको इन्लेट प्रोटल जम्बला कन्स्ट्रक्सन प्रा.लि।ले निर्माण गरिरहेको छ भने अडिट कार्य देवकोटा निर्माण सेवा प्रा.लि. ले, आउटलेट निर्माण त्रिवेणी ब्रम्हायणी जेभीले, हेडवर्क्स कोकाम बन्दना भगवती पोखरेली जेभीले, र विद्युतगृह निर्माण ककनी देवी निर्माण सेवा प्रा.लि।ले गरिरहेको छ। आयोजनाको निर्माण लागत ४४५ करोड रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये २९५ करोड रुपैयाँ बैंक ऋण र बाँकी स्वःलगानीबाट जुटाइने व्यवस्था छ। कुमारी बैंक लिमिटेडको नेतृत्वमा कृषि विकास बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संयुक्त लगानी रहेको छ।

आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको ५५% लगानी, स्थानीय र सर्वसाधारणको ३०% लगानी, र अन्य शेयरधनीहरूको १५% लगानी रहेको छ। रिडी पावर कम्पनीले हकप्रद सेयरबाट रकम संकलन गरी आफ्नो लगानी जुटाइसकेको छ। यो आयोजना २०८२ साल मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालै सम्पन्न पहिलो ब्लास्टिङका अवसरमा आयोजना स्थलमा विशेष समारोह आयोजना गरिएको थियो, जहाँ सेनाका वाहीनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, सञ्चालकहरू, कर्मचारी, ठेकेदार कम्पनीका प्रतिनिधिहरू र स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स