तरलता र ब्याजदरले सेयर बजारलाई लामै समय साथ दिने देखिन्छ : परशुराम कुँवर क्षेत्री 

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २८ गते

बजारको चिरफारको कार्यक्रम ‘चिरफार बहस’ को सातौं एपिसोडमा लामो समय बैंकिंगमा बिताएका र विभिन्न बैंक वित्तिय संस्थाहरुको नेतृत्व समेत गरेका; नेपालको अर्थतन्त्रलाई निकै गहिरो रुपमा अध्ययन गरेका व्यक्तित्व परशुराम कुँवर क्षेत्री संग बैंकको तरलता, ब्याजदर र सेयरबजारमा यसले पार्न सक्ने प्रभावका बारेमा कुराकानी गरेका छौं।

पछिल्लो समय बैंकिंग च्यानलमा तरलता कम हुँदै गएको र अब ब्याजदर बढ्ने पो होकी भन्ने जस्ता कुराहरु चलिरहेका छन् । सोहि बिषयलाई जोड्दै कुराकानी गर्ने क्रममा क्षेत्रीले अहिले बैंकको ब्याजदर नबढ्ने कुरा प्रस्ट पारे । उनि भन्छन्, “बैंकहरु संग पैसा फालाफाल छ  त्यसकारण लिक्युडीटिमा टेन्सन लिनु पर्दैन बैंकहरुको लिक्युडीटि टाइट भयो अब इन्ट्रेस्ट बढ्छ भन्ने कुराहरु सबै अनावश्यक कुरा हुन्।”

क्षेत्रीले अघिल्ल्ला बर्षहरुको तुलनामा यो बर्ष अर्थतन्त्रमा सुधार हुँदै गईरहेको पनि बताएका छन्। असोजका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा बैंक वित्तिय संस्थाहरुले घटाएर गर्नसक्ने पनि उनले विश्लेषण छ।

सेयर बजारको भविष्यका बारेमा क्षेत्री निकै आशावादी देखिए। उनका अनुसार सेयर बजारलाई सबैभन्दा धेरै प्रभाव पार्ने दुई कुराहरु भनेको राजनीतिक नेतृत्व र तरलताको अवस्था हो। अहिलेको राजनीतिक नेतृत्वलाई पूँजी बजारका लगानीकर्ताहरुले रुचाएको र तरलता र ब्याजदरले पनि लामै समय साथ दिने देखिएको हुँदा सेयर बजार अहिलेको बिन्दुबाट निक्कै माथि जानसक्ने उनको आँकलन छ। दुइ ठुला दलहरु मिलेर सरकार बनाउँदा ठूल ठूला कामहरु गरेको ईतिहास रहेको हुँदा अहिलेको सरकार प्रति निजी क्षेत्र र आम जनता आशावादी रहेको पनि क्षेत्रीको विश्लेषण रहेको छ।

अन्त्यमा, उनले अहिले सेयर बजारमा केहि दिन देखि आइरहेको करेक्सन नेचुरल भएको यसप्रति सबैले आफ्नै विभिन्न किसिमका कहानी नबनाउन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स